काेचबिहार: पोलिटेक्निक कलेजमा विद्यार्थीहरूको पठन-पाठन राम्रोसित नभएकोले गर्दा अधिकांश विद्यार्थीहरू अनुतीर्ण भएका छन्। यसैले माथाभाङ्गा पञ्चानन मोड संलग्न पोलिटेक्निक कलेजमा विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गर्नको साथै कलेज अनिश्चितकालको लागि बन्द गर्ने आह्वान पनि गरेका छन्। विद्यार्थीहरूको माग अनुसार उचित मूल्याङ्कनको अभावले गर्दा नै कलेजका धेरैजना विद्यार्थीहरू उतीर्ण हुन नसकेको हो। यसको साथै कोइसन पेपरको प्याटर्न पनि परिवर्तन गरिएको साथै परीक्षाको समय सीमा पनि कम्ती गरिदिएको तिनीहरूको भनाइ रहेको छ।

सटीक रूपमा पठन-पाठन नभएकोले गर्दा नै पोलिटेक्निक कलेजका विद्यार्थीहरू समस्यामा परेका छन्। यसबाहेक उक्त कलेजमा विविध समस्याहरू रहेको छ। विद्यार्थीहरूले आज आन्दोलन गर्नको साथै अधिकांश विद्यार्थीहरू अनुतीर्ण भएपछि नै तिनीहरूले कलेजका शिक्षकहरूलाई फुल मिठाई खुवाउन गए तापनि शिक्षकहरूले खान मानेनन्।