फिल्म ‘बालापन’को प्रिमियर सम्पन्न

39f221b9-93c6-4095-86c9-21e4fedd29a7

काठमाडौं: फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर गरिएको छ। राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथि थिए। मन्त्री किरातीले फिल्मले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताए। उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको जनाए। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले फिल्मले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याए। ‘फिल्मलाई शुभकामनाले मात्र हुँदैन। फिल्म भित्र चाहिने हरेक कुरा हुनुपर्छ। फिल्म क्षेत्रमा नयाँ मान्छे आएनन् भने फिल्म क्षेत्र चलायमान हुँदैन’, उनले भने।

‘फिल्मका निर्माता हट मिलन राईले म यस क्षेत्रको लागि विल्कुलै नयाँ रहेको छु। हाम्रा धेरै कमी कमजोरी हुन सक्छन्। फिल्म विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको छ। हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशहरुमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने। शिव आर जीको निर्देशन रहेको फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ। एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता छन्। फिल्ममा रामकृष्ण खरेलको छायांकन छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *