स्वच्छता अभियानमा लेट्स गो फाउन्डेशनद्वारा जनजागरण अभियान  

3c19c53c-0851-46e9-8d41-6aa037fff1c9

खरसाङ: आइतबार खरसाङ नजिक सिपाहीधुराको गैर सरकारी संस्था लेट्स गो फाउन्डेशनले देशभर चलेको स्वच्छता अभियानमा सक्रियता अपनाउँदै सफाई अभियान चलायोl लेट्स गो फाउन्डेशनले सिपाहीधुरा चिया बगान र सन्त मेरिज-१ ग्राम पंचायतद्वारा आयोजित स्वच्छताअभियान सफाइ अभियानका साथमा फोहोर छुट्याउने र इको ब्रिकिङको कार्यक्रममा सहभागी बनेर मानिसहरुलाई फोहोरमैला व्यवस्थापनबारे जानकारी गराएl सो कार्यक्रममा सन्त मेरिज-१ ग्रामका पंचायत प्रधान रोशन हाङ्ग सुब्बा, पंचायत सदस्य उमेश थापा,  फाउन्डेशनका सदस्यहरू, स्वयं सहायता समूहका सदस्यहरू, भीसीआई सदस्यहरू, आशाकर्मी, आईसीडीएस कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी बनेका सबैलाई लेट्स गो फाउन्डेशन सिपाईले आभार प्रकट गर्दै धन्यवाद जनाएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement