उत्तर दिनाजपुर। चोपड़ा थाना अन्तर्गत पर्ने हापातियागाँछस्थित टिष्टा नहरबाट एक अपरिचित महिलाको शव फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। स्थानीय स्रोतका अनुसार दिउँसो केही स्थानीय मानिसहरुले टिस्टा नहरको पुलको जालमा महिलाको शव फसेको देखे। खबर पाएलगत्तै घटनास्थलमा मानिसहरुको भीड़ लागेको थियो। अन्यत्रबाट टिस्टाको पानीमा शव तरिएर त्यहाँ पुगेको स्थानीय मानिसहरुले अनुमान लगाएको छ।

खबर पाएलगत्तै चोपड़ा थानाका पुलिस घटनास्थल पुगेको थियो। पुलिसले शव बरामद गरी पोष्टमार्टमका लागि इस्लामपुर महकुमा अस्पताल पठाएको छ भने पुलिसले शवको पहिचान गर्न घटनाको अनुसन्धान सुरु गरेको छ।