सपिङ मलमा भीषण आगलागी

IMG-20231003-WA0174.jpg

२ कर्मचारी घाईते

कोचबिहार। माथाभाङ्गा सहरको एउटा सपिङ मलमा विहानै आगलागीको घटना प्रकासमा आएको छ। घटनामा २ जना कर्मचारी गम्भीर घाईते बनेको छ। ज्ञात रहोस, विहान सपिङ मलभित्र दुईजना कर्मचारी जसमा एकजना इलेक्ट्रिकल टेक्निसियन र अर्को कर्मचारीसित बिजुलीको काम गरिरहेको थियो त्यति नै बेला सर्ट सर्किट हुँदा उक्त आगलागी भएको थियो भने दुवै कर्मचारी गम्भीर घाईते बनेको थियो। दुवैको उपचार माथाभाङ्गा अस्पतालमा चलिरहेको बताईएको छ।

अग्निशमन विभागलाई यसको जानकारी दिएपछि घटनास्थलमा दमकल कर्मीहरुले आगो निभाएर ठूलो दुर्घटना रोक्न सफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement