एसियन गेम्स २०२३: एथलिट सपना बर्मनले खेलाडीलाई ‘ट्रान्सजेन्डर’ भनेपछि…

Swapna-Asian-Games-2023

हाङ्जाउ: भारतीय हेप्टाथलन खेलाडी सपना बर्मन एसियन गेम्स २०२३ मा पदक जित्नबाट बञ्चित भएकी छन्। उनले ट्वीट गर्दै यो विषयमा ठूलो आरोप लगाएका छन्। सपनाले आफ्नै देशकी एथलीट नन्दिनी आगासरामाथि आरोप लगाएकी छिन्। उनले पोडियममा पुग्ने भए पनि ट्रान्सजेन्डर महिला भएकाले त्यसो गर्न नसकेको र एक किसिमले आफूबाट काँस्य पदक खोसिएको दाबी गरिन्। नन्दिनी आगासराले यस पटक एसियन गेम्समा काँस्य पदक जितेकी छिन्।

एसियन गेम्स २०२३ को हेप्टाथलन प्रतियोगितामा सपना बर्मन ५७०८ अंकका साथ चौथो स्थानमा रहेकी छिन्। उनी भारतीय खेलाडी नन्दिनी आगासरा (५७१२) भन्दा मात्र ४ अंकले पछाडि थिइन्। जसले काँस्य पदक जितेकी छन्। तर, घटना भएको एक दिनपछि सपनाले सामाजिक सञ्जालमा ठूलो आरोप लगाइन्। सपनाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेकी छिन्, ‘मैले चीनको हांग्जाउमा भएको एसियन खेलमा काँस्य पदक एक ट्रान्सजेन्डर महिलाका कारण गुमाएको छु। म मेरो पदक फिर्ता चाहन्छु किनभने यो एथलेटिक्सको नियम विरुद्ध हो। कृपया मलाई मद्दत गर्नुहोस् र यसमा मलाई समर्थन गर्नुहोस्l’ तर, सामाजिक सञ्जालमा आलोचना भएपछि खेलाडीले यो पोस्ट डिलिट गरिन्। ‘प्रोटेस्टफोरफेयरप्ले’ ह्यासट्यागबाट गरिएको पोष्टमा सपनाले इभेन्टमा काँस्य पदक जितेकी नन्दिनी असग्राको बारेमा लेखेकी छैनन्, तर सपनाले नन्दिनीतर्फ मात्रै औंल्याएको भन्ने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement