गान्तोक: महात्मा गान्धीको १५४औं जन्मजयन्ती पाक्योङ जिल्ला प्रशासनिक केन्द्रमा पनि पालन गरियो। हाल देशव्यापीस्तरमा चलिरहेको स्वच्छता ही सेवा अभियानको एक भागको रूपमा कार्यक्रम सम्पन्न गरियो। जिल्लापाल टाशी छोपेलले स्वच्छता प्रतिज्ञा गराए। जसले प्रति वर्ष १०० घण्टा अर्थात् हप्तामा दुई घण्टा स्वेच्छिक रूपमा सरसफाइको लागि काम गर्ने प्रतिबद्धता गर्दछ। सो अवसरमा अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङ, एसडीएम छिरिङ भोटिया टेन्दुप लेप्चा र विभिन्न विभागका अधिकारीहरू पनि उपस्थित थिए।