गान्धी राजनीति र सेवाका प्रेरक हुन्: चामलिङ

IMG-20231002-WA0312.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री पवन चामलिङ महात्मा गान्धीको १५४औं जयन्तीमा एसडीएफ पार्टीको तर्फबाट श्रद्धाञ्जली प्रकट गर्दै उहाँको ऐतिहासिक राजनीतिक योगदान मात्र होइन तर जीवनलाई पनि प्रतिबिम्बित गर्नुपर्ने उल्लेख गरेका छन्। गान्धीको शिक्षाले हामीलाई साहस, करुणा, अहिंसा र सत्यप्रति अटल प्रतिबद्धता सिकाउने बताउँदै गान्धीजीले सम्पूर्ण राजनीतिक जीवन भारत र भारतीय जनताको स्वतन्त्रतामा केन्द्रित गरेको बताएका छन्। चामलिङले आज एक प्रेस बयान जारी गरेर गान्धीको राजनीतिक दर्शन र रणनीतिले भारतबाहिरका मानिसहरूलाई प्रभाव पारेको थियो जनाउँदै उहाँको जीवन र राजनीति हाम्रो देशका लागि मात्र नभई विश्वका लागि सान्दर्भिक रहेको जनाएका छन्। गान्धी मार्टिन लुथर किंग जूनियर, नेल्सन मण्डेला, बराक ओबामा र आङ सान सुकी जस्ता नेताहरूको लागि ठूलो प्रभाव भएको बताउँदै उहाँ आउने समयको लागि प्रेरणाको ज्योति बन्नु कुरामा कुनै शंका नहुने ताएका छन्। अहिंसाको पाठ राजनीतिक दर्शन र सत्याग्रह राजनीतिको क्षेत्रमा उनको प्रमुख योगदान हो भन्दै संसारभरका आन्दोलनहरूमा यसलाई दोहोऱ्याइएको थप उल्लेख गरेका छन्। गान्धीको जीवनमा उहाँको जीवन र राजनीतिक दृष्टिकोण बीच एकता र प्रतिबद्धता थियो; जसको विचार र कर्म बीच तालमेल गरेको जनाएका छन्। राजनीतिज्ञहरूका लागि, महात्मा गान्धीको जीवनले राजनीतिक कार्य र व्यक्तिगत आचरणको उदाहरण दिन्छ जुन हामीले खोज्नुपर्छ भनी पूर्व मुख्यमन्त्री चामलिङले ठहर गरेका छन्। महात्मा गान्धीको राजनीतिक कार्य देश र भारतका जनतालाई स्वतन्त्र गराउने उद्देश्यले तीव्र रूपमा थियो र यो तथ्यबाट प्रस्ट हुन्छ कि भारत औपनिवेशिक शासनबाट मुक्त भएपछि गान्धीले कुनै पनि सरकारी पद स्वीकार नगरेको भनाइ चामलिङको छ। महात्मा गान्धीको जन्मजयन्तीमा, म सिक्किमका जनतालाई उहाँको जीवनको महान योगदानबाट सिक्न आग्रह गर्दछु, चामलिभले जारी प्रेस बयानमा भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement