गान्तोक: महात्मा गान्धी र लालबहादुर शास्त्रीको जन्मजयन्तीको विशेष अवसरमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले आज गान्तोकस्थित एसटीएनएम अस्पतालको भ्रमण गरी बिरामीहरूसँग अन्तरक्रिया गर्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल, पौष्टिक सामग्री र उपहार वितरण गरेका थिए। राज्यपाललाई अस्पतालमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री कुङ्गा निमा लेप्चा, मेडिकल सुपरिटेन्डेन्ट डा रुथ योन्जान र एसटीएनएम अस्पतालका वरिष्ठ चिकित्सकहरूले स्वागत गरेका थिए।