नयाँ दिल्ली: पञ्जाबका लोकप्रिय गायक दलेर मेहन्दीलाई बिहीबार पटियाला अदालतमा सुनुवाइ भएको १५ वर्ष पुरानो मानव तस्करी मामलामा दुई वर्षको जेल सजाय सुनाइएको छ। पञ्जाबको पटियाला अदालतले दलेर मेहन्दीको दुई वर्षको सजायलाई कायम राखेको छ। यस मामिलामा सुनुवाईका क्रममा पटियाला अदालतले दलेर मेहन्दीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। यो सन् २००३ पिजन होल्डिङको मामला हो। यस मामिलामा दलेर मेहन्दी र उनका भाइविरुद्ध कुल ३१ मुद्दा दर्ता गरिएको थियो। पटियाला अदालतको फैसलापछि दलेर मेहन्दीलाई अदालतमा पक्राउ गरिएको छ।