पूनम मोक्तानको निधनले मिलिङ चिया बगानमा शोकको लहर

Screenshot_20231002_222627_WhatsApp.jpg

दार्जीलिङ: श्रीमति पूनम मोक्तानको निधनले मिलिङ चिया बगानमा शोकको लहर छाएको। उनी हाम्रो पार्टीको महिला एकाईको बरिष्ठ कार्यकर्ता एंव निर्वाचित पंचायत सदस्य श्रीमति पूनम मोक्तानको आज निधन भएको छ। श्रीमति मोक्तानको निधन भएको खबर पाउन वितिकै हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव कानूनी सल्लाकार वीरेन्द्र रसाइलीको नेतृत्वमा हाम्रो पार्टीको टीम उनलाई श्रद्वाजंलि चढाउन साथै पिडित परिवारहरूलाई सम्बेदना जनाउन उनको बास स्थानमा पूग्यो। यसैक्रममा वीरेन्द्र रसाइलीले पत्रकारहरू को कुराकानीमा श्रीमति पूनम मोक्तानको निधनले हामी अति नै मर्महित बनेका छौ भन्ने बताए। तिनले अधि भने गत केही महिना अधि सम्पन्न भएको पंचायत चूनावमा मिलिङ चिया बगानको वार्ड नम्बर ४ बाट चूनावी मैदानमा ओर्लिएका थिए अनि स्थानीय बासिन्दाहरूले योग्यताको कदर गर्दै उनलाई विजय बनाएका थिए।

श्रीमति मोक्तानले आफ्नो क्षेत्रलाई विकाशको शिखरमा पूराउने ठूलो सपना देखेका थिए तर आज उनको निधनले उनले सपना मात्र चकनाचुर नभएर वार्डबासीले साचेको विकाशको सपना पनि भताबुङ भएको छ। हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव कानूनी सल्लाकार वीरेन्द्र रसाइलीले पूनम मोक्तानले देखाएको मार्ग दर्शनलाई अनुशरण गर्ने वाचा गर्दै मृतक आत्माको शान्तीको कामना गरयो साथै यस दुखद घडीमा शोकित परिवारलाई सहन गर्ने क्षमता ईश्वरले प्रदान गरून भन्ने प्रार्थना पनि चढाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement