माम्लेमा पालन गरियो १५४औं गान्धी जयन्ती

n543388164169627109413207aa5bae48cbec029499488c7dcff3106a6fe00a4cd25d9f154bfe1f6be9fee0.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत माम्लेमा आज १५४औं गान्धी जयन्ती भव्यरूपमा पालन गरियो। यस कार्यक्रमको आयोजना ज्योति क्लबले माम्ले निम्न माद्यामिक विद्यालय, स्थानीय पञ्चायतगण र स्थानीय रियुनेन समाजको सहयोगमा गरेको हो।

आजको कार्यक्रममा पूर्व विधायक एवं एसकेएम पार्टीका वरिष्ठ उपाध्यक्ष प्रभारी भोजराज राईको उपस्थित थिए। कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष प्रभारी राईले भाषा-संस्कृतिको विकासको लागि काम गर्नुपर्छ भन्दै भाषा-संस्कृतिले नै जातीय परिचय दिन्छ भनी बताए।

वर्तमान युगलाई अहिंसाको युग बनाउनु पर्ने कुरामा जोर दिँदै उनले राजनीति फोहोरी खेल नभएर समाज र देशलाई अघि बढाउने नीति रहेको उल्लेख गरे। उनले राजनीतिमा शिक्षित र राम्रा मान्छेहरू आउनु पर्ने विचार पनि प्रकट गरे।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको वार्डस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा शुन्यको विरूद्ध पाँच गोल लगाएर बाघडाँडा कामराङले रङ्गुथाङ एफसीलाई पराजित गऱ्यो। यसरी नै भेट्रन फुटबल प्रतियोगिताको फाइनल खेलमा एकको विरूद्ध दुई गोल लगाएर माम्ले जेएचएसले छामगाउँलाई पराजित गऱ्यो।

कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। स्थानीय पञ्चायत सभापतिले स्वागत भाषण राखेको यस कार्यक्रममा नाम्ले जेएसएचका शिक्षक काल्सङ डी भोटियाले गान्धी जयन्ती विषय प्रकाश पारेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement