नाम्ची: नाम्चीको लोकल ट्याक्सी चालक कल्याण संघले आज नाम्ची पार्किङ प्लाजा, काजी रोड र भानुभक्त परिसरदेखि जिल्लापाल कार्यालयसम्म सर-सफाई गरेको छ। नाम्ची लोकल ट्याक्सी चालक संघका उपाध्यक्ष प्रेमकुमार राईले बताएअनुसार, यो सफाई कार्यक्रम मुख्यमन्त्री पीएस तामाङको निर्देशनमा स्वच्छताको महत्त्वलाई दर्साउनको लागि गरिएको हो। यस सफाई कार्यक्रममा सो संघका महासचिव मोहनदास राई, सल्लाहकार दिलिप राई, प्रचार सचिव इनोस राई आदिको उपस्तिथि रहेको थियो।