गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजभवन परिसरमा आयोजित तेस्रो गवर्नर बेडमिन्टन प्रतियोगिताको उदघाटन गरे। आजदेखि शुरू भएको तिन दिवसीय बेडिमन्टन प्रतियोगिताको समापन आगामी ५ अक्टोबरको दिन हुने भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बेड मिन्टनजस्ता खेलमा युवाहरुको आकर्षण बढ्दै गएकोमा उनले खुशी व्यक्त गरे। यसै सन्दर्भमा बोल्दै उनले बेडमिन्टन एसोसिएसन अफ सिक्किमले खेलकूदलाई विशेष गरी युवाहरूमाझ प्रवर्द्धन गर्न पहल शुरू गरेको संस्थाको कामको प्रशंसा गरे। यसका साथै उनले सफल खेलाडी बन्नको लागि आवश्यक अनुशासन हुनुपर्ने बारेमा सबैलाई जानकारी गराए। उनले सिक्किमको बेडमिन्टन संस्थालाई राज्यका इच्छुक खेलाडीहरूलाई अवसर प्रदान गरेकोमा बधाई दिए। राज्यपालले बेडमिन्टन खेलाडीहरूलाई शुभकामना दिँदै सिक्किमका युवाहरू भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरे।