सोरेङ: सोरेङ जिल्ला अन्तर्गत खानीसिरबुङ गाउँमा आयोजित आज १५४ओैं गान्धी जयन्ती कार्यक्रमको समापन भयो। सरकारी उच्च्त्तर माध्यमिक विद्यालयको विद्यालयको खेल मैदानमा आयोजित यस समारोहमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खालिङले १५४ओैं गान्धी जयन्ती समारोहको आयोजक समितिलाई यसरी भव्यरुपमा कार्यक्रम आयोजना गरेकोमा बधाई बधाई दिए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि यस क्षेत्रका मानिसहरूलाई धेरै माया गरेको कुरा बताउँदै मुख्यमन्त्रीको तर्फबाट सम्पूर्ण खानीसिरबुङवासीलाई यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा बधाई दिए। गान्धीको १५४ओैं जन्म जयन्ती समारोहमा उनले राष्ट्र पितालाई स्मरण गर्दै महात्मा गान्धीलाई अहिंसा र शान्तिको दुतको रुपमा देशले चिन्ने गरेको कुरा अवगत गराए। विद्यार्थीहरुले गान्धीको जीवनबाट सरलता, नम्रता, शान्ति र अहिंसाको पाठ सिक्नुपर्ने सुझाव दिए। वर्तमान सरकारले सबैवर्गका मानिसहरुकालागि समावेशी सोच राखेर कार्य गरिरहेको उनले किटान गरे। मुख्यमन्त्रीको पहलमा सिक्किममा धेरै विकासका कार्यहरु भइरहेको जानकारी गराउँदै राज्यका सबैवर्गका मानिसहरुको आर्थिक ,शैक्षिक र सामाजिक उन्नतिका निम्ति सरकारले धेरै कार्य गरेको उनले दावी गरे। अहिले सिक्किममा जुनै पनि धर्मका अनुयायीहरुलाई बराबर न्याय साथै सबै जातले समान सम्मान प्राप्त गर्ने वातावरण सृजना गरेको उनले थप बताए।
यसरी सबैलाई आफ्नो धर्म र आस्था र विश्वासको काम गर्न पाउने न्याय, अवसर र परिवेश सृजना हुनु नै समस्त सिक्किमेलीहरुको लागि ठुलो उपलब्धि रहेको कुरा उनले अवगत गराए। विशेष शिक्षाको गुणस्तर बढोस् भनेर र ग्रामीण क्षेत्रका नानीहरुले पनि शहरी क्षेत्रका नानीहरूले जस्तै शिक्षा हासिल गर्न सकुन् भनेर गाउँ बस्तीका स्कूलहरुमा पनि योग्य र तालिम प्राप्त शिक्षकहरु साथै प्रधान अध्यापकहरु सरकारले नियुक्त गरेको कुरा बताउँदै अहिले जति पनि स्कूलहरुमा शिक्षकहरुको कमी रहेको छ ती रिक्त स्थानहरुमा शिघ्र शिक्षकहरुको नियुक्ति गरिने जानकारी दिए।