पाचेखानी शिशु विद्या निकेतनमा निःशुल्क चिकित्सा स्वास्थ्य शिविर आयोजित

n5434049301696261816319ed7b8b3751cb308ff3975a12ad6e30ab2ef1dea2d9677b1f2b7374caeb0d1ead.jpg

गान्तोक: नेशनल मेडिकोस् अर्गनाइजेशनले पाचेखानी शिशु विद्या निकेतनमा निःशुल्क चिकित्सा स्वास्थ्य शिविरको आयोजना गऱ्यो। हेलेन लेप्चा स्वास्थ्य सेवा यात्रा अन्तर्गत आयोजित यस शिविरबाट विद्यालयका विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालन समितिका सदस्यहरू र स्थानीय मानिसहरू गरी लगभग 70 जना लाभान्वित बने।

स्वास्थ्य जॉंचपछि निःशुल्क रूपमा औषधि पनि प्रदान गरिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्। उक्त शिविरको आयोजना विद्यालयका सह-प्रधानाचार्य तुलसी शर्मा र एसएमसी सदस्यहरूको सहयोगमा गरिएको हो। संस्थाले आज अन्य ठाउॅंहरूमा पनि निःशुल्क चिकित्सा स्वास्थ्य शिविर आयोजन गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement