खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एकको गैरी गाउँस्थित कार्यालयमा ग्राम पञ्चायत प्रधान रोशन हाङ्ग सुब्बाले महात्मा गाँधी जन्म जयन्तीको अवसर पारेर पुजाअर्चना हरी कार्यालय उद्घाटन गरेका छन्। ‘कर्म नै सिद्धान्त’ भन्ने मन्त्रलाई शिरोपर लिएर नि:श्पक्ष भावले आफ्नो कार्य गर्ने प्रतिबद्धताको साथ आजदेखि कार्यालमा प्रवेश गरेको बताएका छन्। विशेष सुब्बाले भागोप्रमो अध्यक्ष अनित थापा लगायत सम्पूर्णलाई ह्रदयबाट नै धन्यवाद टक्राएका छन्।

उक्त पञ्चायत कार्यालय उद्धघाटन समारोहमा खरसाङ खण्ड समिति सभापति अनु छेत्री, सोनदाह पचेङ समष्टि कार्यकारी सभासद अनोश थापा, टुंग सन्त मेरिज समष्टि सभासद नुरी शेर्पा, खरसाङ महकुमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङ, केन्द्रीय समिति नारी शक्ति सदस्या जैतुन निशा खातुन, पञ्चायत समिति सदस्या ग्राम पंचायत सदस्य- सदस्या लगायत महकुमा अनि समष्टि प्रतिनिधिहरूको विशेष सहभागिता रहेको जानकारी प्राप्त भएको छ।











