गान्धी जयन्तीको अवसरमा टाइगर म्याराथन

30846c81-dab9-4d28-9c33-cc75c7b13ee4

कालचिनीः सोमबार बिहान गान्धी जयन्तीको उपलक्ष्यमा कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँका यूथ टीमद्वारा ८ किलोमीटर टाइगर म्याराथन सम्पन्न गरियो। डुवर्सको मालबजार मिनग्लासदेखि नगरकट्टा, हाँसीमारा, दलसिंहपाड़ा, जयगाउँ, अलिपुरद्वार, एवम् विभिन्न चियाकमानका किशोर किशोरीहरूले म्याराथनमा अंशग्रहण गरेको थियो भने म्याराथनलाई गाउँकै स्थानीय समाजसेवीहरूले हरियो झण्डा देखाएर प्रस्थान गरेको थियो।
मेचपाड़ा ८ नम्बरदेखि कालचिनीसम्म र कालचिनीबाट मेचपाड़ा ८ नम्बरसम्म जम्मा ८ किलोमीटरको टाइगर म्याराथन दौड़मा ब्वायज वर्गमा जम्मा १९० जना केटाकेटीहरूको सहभागिता रहेको थियो। अन्ततः उक्त टाइगर म्याराथनमा ब्वायज वर्गमा प्रथम स्थान ओगट्न मालबजार मिनग्लाका रोशन मुण्डा सफल भएको थियो भने दोस्रो स्थानमा जोनसन बेग नगरकट्टा र तेस्रो स्थानमा प्रफुल उराँव बुखिमबारी चयनित भएको थियो। यसरी नै गर्ल्स वर्गमा प्रथम स्थानमा तारा लोहार गोपालपुर, दोस्रो स्थानमा रिया महन्त अलिपुरद्वार र तेस्रो स्थानमा अमृता उराँव डिमा चियाबारीलाई पुरस्कार प्रदान गरिएको थियो।
यस क्रममा मेचपाड़ा ८ नम्बरका समाजसेवीहरु राजेन्द्र थापा, ज्येति गुरुङ, कान्छाा लामा , राजमान लामा, डेनी थिङ , योगेश लामा, एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement