कोलकाताः प्रसिद्ध एनजीओ कन्सर्न फर कलकत्ताले आज लेक मार्केट नजिक स्वच्छ भारत कार्यक्रम र प्लास्टिक क्यारी ब्यागको उपयोग बन्द गर्ने अभियान चलायो। एनजीओका अध्यक्ष अशोक पुरोहितले सबैको स्वागत गरे। सल्लाहकार बोर्डका अध्यक्ष र एआईएफटीपीका नेशनल डिप्टी प्रेसिडेन्ट नारायण जैनले सबै सदस्यहरूसित आफ्नो क्षेत्रमा स्वच्छताको निम्ति काम गर्ने अनुरोध गरे।
अशोक पुरोहित एवं आईपीपी केएस अधिकारीको नेतृत्वमा कार्यक्रमको सफल आयोजना गरियो। कार्यक्रममा डा. अन्जुला विनायकलाई सम्मानित गरियो। कन्सर्न फर कलकत्ताले गत पाँच वर्षदेखि शहरका विभिन्न बजारहरूमा जागरूकता फैलाउनका लागि सिंगल यूज प्लास्टिक विरूद्ध अभियान चलाइरहेछ।
-हिस










