घैयाबारीमा भागोप्रमोको सभा अनि बुथ स्तरीय कमिटीहरू गठन

IMG-20231002-WA0287.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारीमा रहेको २५४ बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नयाँ कमिटी गठन गरिएको छ। सभामा यसै बुथको नारी शक्ति र युवा शक्तिको पनि नयाँ कमिटी गठन गरिएको छ। यसको लागि आज सम्पन्न सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा समष्टि उप सभापति कुसाङ लामा उपस्थित रहेका थिए। सभामा स्वागत सम्भाषण घैयाबारीको २५४ बुथका सचिव नवराज प्रधानले गरेका थिए। सभामा नारी शक्ति समष्टि सभापति निरा प्रधान, युवा शक्ति सभापति केवल राई। सचिव सञ्जीव मंगर, २५४ बुथका प्रमुख सल्लाहाकार गणेश तामाङ आदिले वक्तव्य राखेका थिए। आजको सभामा विगत पञ्चायत भोटमा स्वतन्त्र उम्मेदवार विजेन्द्र ठटालले भागोप्रमोमा समर्थन जनाएका छन्। यस सभालाई भागोप्रमो समष्टीको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेकाल
थिए। यसै सभामा घैयाबारीको २५४ बुथको सभापति नरेन राई, उप-सभापति रुपेस गदाल, सचिव नवराज प्रधान, सह-सचिव सचिन गिरी, कोषाध्यक्ष आनन्द प्रधान,
प्रमुख सहल्लकार गणेश तामाङ, जीवन राई लगायत कार्यकारी सदस्यहरू लिएर बुथ कमिटी गठन गरिएको छ। त्यसरी नै युवा शक्तिको कमिटीमा सभापति दिपेन क्षेत्री, उप-सभापति उज्वल गिरी, सचिव युवराज प्रधान, सह-सचिव बिजेन्द्र ठटाल, कोषाध्यक्ष अनिकेत दर्जी, सह-कोषाध्यक्ष रितेस प्रधान, प्रमुख सहल्लाकार बिपन विश्व
र अन्य कार्यकारी सदस्यहरू लिएर युवा शक्ति गठन गरिएको छ। त्यस्तै प्रकारले नारी शक्तिक बुथ कमिटीमा सभापति सकुन राई, उप-सभापति जीना राई, सचिव सिमा रसाइली, सह-सचिव सरोजनी प्रधान, कोषाध्यक्ष अर्पणा क्षेत्री, सह-कोषाध्यक्ष मौसमी रसाइली, प्रमुख सहल्लाकार कुसुम तामाङ, प्रभा राई, पुनम राई, ज्योति खाति र अन्य कार्यकाराणी सदस्याहरू लिएर गठन गरिएको छ।
आजको सभामा नारी शक्ति समष्टि सभापतिले २५४ बुथका नारी शक्तिका प्रमुख सल्लाहाकार कुसुम तामाङलाई समष्टि कमिटिमा चयन गरिएको छ। आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टीको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement