चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा सर सफाई

IMG-20231002-WA0280.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा पनि स्वच्छता नै सेवालाई लिएर सर सफाई गरिएको छ। ग्राम पञ्चायत प्रधान बिमल तामाङको अगुवाईमा विभिन्न गाउँहरूमा यर सफाई गरिएको छ। यस अवसरमा सर सफाई विषयमा मानिसहरूलाई सचेतना पनि गराइएको छ।

सफाई कार्यमा स्थानीयहरू, स्वनिर्भर दलहरू, भीसीडी सबै मिलेर गरिएको छ। यस अवसरमा पञ्चायत प्रधान बिमल तामाङले सबैलाई आह्वान् गर्दै आफ्नो क्षेत्र सर सफाई गर्नु पर्ने र सर सफाईसितै आफु पनि स्वस्थ्य बसौं भनी बताएका छन्। त्यसरी नै उप प्रधान अनुपा सुब्बाले पनि सबैलाई सर सफाई विषयमा स्थानीयहरूलाई जागरूक गराएका छन्। यसै क्रममा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाको अध्यक्षतामा नर्थ शिवखोला क्षेत्रमा सर सफाई गरिएको छ।

यस क्रममा चित्रे बस्ती, खुन्द्रुके बस्ती क्षेत्रमा स्वच्छता नै सेवा भनेर सर सफाई गरिएको छ। यस अवसरमा स्थानीय प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। यस विषयमा पञ्चायत सदस्य दिपेस थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement