डेङ्गूले २० वर्षीय युवतीको मृत्यु

00-1-Rajya-Samachar

कोलकाताः कोलकाताको दक्षिण दमदम नगर पालिकामा डेङ्गूको कारण २० वर्षयी केटी समाप्ति मलिकको मृत्यु भएको छ। कोलकाता शहरमा यो डेङ्गूले सातौं मृत्यु हो। क्षेत्रमा डेङ्गू मामिलाहरूमा तीव्र गतिमा वृद्धि देखिएको छ किनभने दमदम नगर निकाय क्षेत्रमा डेङ्गूको कारण ५०० भन्दा धेरै मानिसहरू प्रभावित छन्।

युवती कोलकाताको सर गुरूदास महाविद्यालयमा बीकम (अनर्स) को तेस्रो वर्षको छात्रा थिइन्। आइतवार राति लगभग १.२० बजी आरजीकर अस्पताल कलेज एवं अस्पतालमा डेङ्गूले उसको मृत्यु भयो। सोमवार जारी मृत्यु प्रमाण पत्रमा मृत्युको कारण डेङ्गू उल्लेख गरिएको छ।

अस्पतालको तर्फबाट भनियो, अस्पतालमा भर्ती गराइएको तीन घण्टाभित्र नै उसको मृत्यु भयो। ज्वरो र छात्ती दुःखेपछि उसलाई डेङ्गू भएको थाहा लाग्यो। यसपछि शुक्रवार बिहान दमदमको नागेरबाजरमा हेल्थकेयर नर्सिङ होमको आईसीयूमा भर्ती गराइयो। तर उसको स्थिति अझ् खराब भयो। नर्शिङ होमका अधिकारीहरूले उसलाई आरजीकर अस्पतालमा रेफर गरे, जहाँ आइतवार उसको मृत्यु भयो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement