बंगालका प्राथमिक शिक्षक दीप नारायण नायकलाई लण्डनमा सम्मान जनाइने

00-1-Rajya-Samachar

कोलकाताः पश्चिम बंगालका प्राथमिक शिक्षक दीप नारायण नायकलाई लण्डनमा सम्मान जनाइने छ। उनलाई ‘वैश्विक शिक्षक पुरस्कार-२०२३’-को लागि शीर्ष ५०-को सूचीमा सामेल गरिएको छ। सूचीमा आन्ध्र प्रदेशका अंग्रेजी विषयका शिक्षक हरि कृष्ण पतचारूको नाम पनि सामेल छ। पुरस्कारको आयोजन वार्की फाउण्डेशन यूनेस्कोको सहयोगमा संयुक्त अरब अमिरातको वैश्विक परोपकारी संगठन ‘दुबई केयर्स’ सित मिलेर गर्दछ। सूचीमा सामेल ५० जनालाई विश्वभरिका १३५ देशहरूबाट प्राप्त सात हजारभन्दा अधिक आवेदनहरूबाट चुनिएको हो। पुरस्कारको रूपमा दश लाख अमेरिकी डलर प्रदान गरिनेछ।

आसनसोलको जमुरियामा अवस्थित ‘तिलका माँझी आदिवासी फ्री प्राथमिक विद्यालय’ -का शिक्षक नायकलाई उनको नवीन शिक्षण विधिहरूको लागि चयन गरिएको हो। वैश्विक शिक्षक पुरस्कारले बयानमा बताएको छ, ‘‘महामारी कालमा उनले माटोको भित्तालाई ब्ल्याकबोर्ड बनाए अनि सड़कहरूको प्रयोग कक्षाको रूपमा गरे। उनको ध्यान अभिभावकहरूको शिक्षा, अन्धविश्वासको उन्मूलन एवं सिक्नमा असक्षमता जस्ता समस्याहरूलाई दूर गर्नेमाथि केन्द्रित रह्यो जसबाट बाल-बलिकाहरू सहित समुदाय पनि सशक्त भए।’’ नायकको पहल शिक्षासम्म मात्र सीमित थिएन जबकि कुपोषण, बाल-बालिकाहरूको उत्पीड़न, दिगो पर्यावरण तथा उनको ‘रास्तार मास्टर’ ( सड़कका शिक्षक) परियोजना, समग्र शिक्षा, कोभिडपछिका चुनौतीहरूको सामना गर्ने खाका पनि पेश गर्दछ। अन्तिम सूचीबाट दशजनाको नाम चुनिनेछ जसको घोषणा यस वर्षको अन्तमा गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement