कोलकाताः महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा लगातार पानी परिरहेछ र यो दुर्गा पूजासम्म रोकिनेछैन। मौसम विभागले समुद्र तलमा बनेको निम्न दबाउको कारण यस पाली दुर्गा पूजाको उत्साहमा पानीले बाधा पुऱ्याउनसक्ने आशंका व्यक्त गरेको छ।
विभागको तर्फबाट जारी बयान अनुसार, गत २४ घण्टामा राजधानी कोलकातामा ३९.०१ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा धेरै छ। सोमवार पनि बिहानैदेखि बादल छाएको छ र लगातार पानी पर्ने क्रम शुरू भएको छ। हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा लगातार पानी परिरहेछ। उत्तर बंगालको अलिपुरद्वार, कुचबिहार, दार्जीलिङ, जलपाइगढ़ी र कालुबेङमा पनि लगातार पानी पर्ने क्रम जारी छ।
-हिस