कोलकाताः कोलकाता महानगरको आईटी शहर मानिने सल्ट लेकमा सोमवार बिहान ठूलो दुर्घटना घट्यो। यहॉं दुई बसबिच टक्कर भयो, जसमा १० जना गम्भीर रूपमा घाइते भएका छन्। केबी १६ रूटको बस यस टक्करमा पल्टियो।
पुलिस अनुसार, एउटै रूटको दुईवटा बस एकअर्कासित ठोकियो। एकअर्काभन्दा अगाड़ि जाने होड़मा दुर्घटना भएको हो। बिहान लगभग सात बजी सल्ट लेक सेक्टर- ५ को कलेज मोडमा दुर्घटना भयो। दुर्घटनापछि स्थानीय मानिसहरू र पुलिसले यात्रीहरूलाई बसबाट बाहिर निकाल्न मद्दत गरे। सबैलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ।
प्रत्यक्षदर्शीहरूले भने, टक्करपछि बस अनियन्त्रित भएको थियो र एउटा मोटरसाइकललाई हिर्काएर पल्टियो। पुलिसले दुवै बसका चालकहरू विरूद्ध लापरवाहीको मामिला दर्ता गरेको छ।
-हिस