सिलगढीः हिजो राति सिलगढी सहरको स्टेशन फिडर रोडमा पिकअप भ्यानले ३ जना पैदलयात्रीलाई ठक्कर दिएको थियो। तीन जनामध्ये एकलाई गम्भीर अवस्थामा खाल्पाडाको नासिङ्घोम लगिएको थियो। यो घटनाले क्षेत्रमा अस्थायी तनाव सिर्जना भएको छ। स्थानीय वार्ड नम्बर २५ का काउन्सिलर जयन्त साहले खबर पाएलगत्तै घटनास्थलमा पुगेर घाइतेलाई उपचारका लागि नर्सिङ होम पठाएका र सिलगढी पुलिस चौकीमा खबर गरेको बताए। पुलिसले आएर चालकलाई नियन्त्रणमा लिएर पुलिस चौकी लग्यो। जयन्ती साहले प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको देखिएको बताए। उनले कानुनी कारबाही गरिने बताए।