फुलबारी: महात्मा गाँधीको १५४औँ जन्मदिनको उपलक्ष्यमा सूर्यसेन महाविद्यालय एनएसएस युनिट-१ को तर्फबाट १५४ वटा रुखका विरुवाहरू रोपियो। देशभरिमै आज विभिन्न कार्यक्रमको माध्यमद्वारा महात्मा गाँधीको जन्मदिन पालन गरियो। यस अवसरमा सूर्यसेन महाविद्यालयको एनएसएस-१ युनिटको २० जना भोलेन्टियर्सले फुलबारी-१ नम्बर ग्राम पञ्चायतको पोडाझाड इलाकामा वृक्ष रोपण गरे। यस विषयमा विवेक प्रधानले भने, आज महात्मा गाँधीको १५४औँ जन्मजयन्तीको उपलक्ष्यमा पोडाझाड इलाकामा १५४ वटा रुखका विरुवाहरू रोपियो। विभिन्न ठाउँमा रुखका विरुवाहरू रोपियो। सहरलाई हरियालीयुक्त तथा सुन्दर बनाउने उद्देश्यले आफूहरूले उक्त पहल गरेको उनले बाताए।