कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले सिलगढ़ीको न्यू जलपाइगढ़ी पुलिस स्टेशन नजिक १६ लाख रूपियाँको मादक पदार्थहरूको साथ एक तस्करलाई समाएको छ। यो घटना केनल रोडको हो। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, ०१ अक्टोबर साँझ ठोस सूचनाको आधारमा एक टाटा मीडियम गाड़ीलाई रोकेर त्यसको तलाशी लिइयो र त्यसबाट २६ प्याकेटमा भरेको १६१ किलो गाँजा जफत गरियो। गाड़ी चलाइरहेको व्यक्तिलाई पक्राउ गरिएको छ।
उसको पहिचान गोविन्द घोष (३५) को रूपमा गरिएको छ। व्यक्ति जलपाइगढ़ीको मातली निवासी बताइएको छ। उसले सुरक्षा एन्जेसीहरूलाई झुकाउनका लागि गाड़ीको पछिल्लो हिस्सामा एउटा हिडन च्याम्बर बनाएको थियो। सोधपुछमा उसले खुलासा गऱ्यो कि कुचबिहारबाट गांजाको खेप उठाइएको थियो र सिलगढ़ीको बाटो बिहार लगिन्दैथियो।
गाड़ीमा अझ् एक व्यक्ति सवार थियो, जसको नाम प्रदीप सरकार बताइएको छ, जो पुलिस आएको थाहा लाग्नसाथ भाग्यो। पक्रा परेको आरोपितसित सोधपुछ गरी उसका अन्य साथीहरूबारे पत्तो लगाइँदैछ। न्यू जलपाइगढ़ी थानामा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
-हिस