कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले महात्मा गान्धीको १५४औं जयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जली दिएका छन्। राजभवनमा बापूको प्रतिमामा माल्यार्पण गरी गवर्नरले उनलाई श्रद्धासुमन अर्पित गरे। यस अवधि उनले मीडियासित धेरै कुरा गरेनन्। उनले श्रद्धाञ्जली अर्पण गरेपछि राज भवनका कर्मचारीहरूले पनि महात्मा गान्धीलाई पुष्पाञ्जली दिएर नमन गरे।
उल्लेख्य, महात्मा गान्धीको जयन्तीको अवसरमा पूरा राज्यमा धेरै कार्यक्रमहरूको आयोजना गरिएको छ। खास गरी बेरकपुरको घाटमा बनेको महात्मा गान्धीको प्रतिमामा बिहानैदेखि माल्यार्पण र धेरै कार्यक्रमहरूको आय़ोजन भएको छ। सत्तारूढ़ पार्टी, राज्य सरकार र विपक्षी पार्टीहरूले पनि बापूलाई श्रद्धाञ्जली दिनका लागि धेरै कार्यक्रमहरूको आयोजन गरेका छन्।
-हिस