भाजपा नेतृद्वारा टीएमसी सरकारको आलोचना

BJP-Flag

कोलकाता: गान्धी जयन्तीको दिन टीएमसीले मनरेगा कार्यक्रमलाई लिएर दिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ। भाजपाले टीएमसीको यो निर्णयको कडा निन्दा गरेको छ। पश्चिम बंगाल भाजपाका नेतृ अग्निमित्रा पलले आइतबार टीएमसीले नागरिकहरूलाई धोका दिएको आरोप लगाइन्। उनले भनिन्, ‘ममता ब्यानर्जीको सरकार भ्रष्टाचारमा लिप्त छ। सरकारले जानाजानी मनरेगा कोषलाई नोकरी धारकहरूलाई वितरण गरिरहेको छैनl’ उनले टीएमसीको सरकारले बंगालका जनतालाई मुर्ख बनाउन बन्द गर्नुपर्ने बताइन्। हाल अग्निमित्रा पल पश्चिम बंगाल भाजपाकि महासचिवको रूपमा कार्यरत छन्। उनले अझ भनिन्, ‘गैर-भाजपा शासित राज्यहरू मध्ये, केवल पश्चिम बंगाल सरकारले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (मनरेगा) अन्तर्गत भुक्तानीहरू नपाएको गुनासो गरिरहेको छl  भारतमा अन्य धेरै गैर-भाजपा राज्यहरू छन्। के कुनै राज्यले १०० दिनको भुक्तानी पाएको छैन भनेर गुनासो गरिरहेको छ? सबैलाई भुक्तानी भइरहेको छl’
यसअघि टीएमसी सांसद सुस्मिता देवले पश्चिम बंगालबाट मनरेगा रोजगार कार्ड धारकहरूलाई दिल्ली पुग्न विशेष ट्रेनहरू उपलब्ध गराउन अस्वीकार गरेकोमा केन्द्र सरकारलाई निशाना बनाइन्। पश्चिम बंगालका हजारौं मनरेगा रोजगार कार्डधारकहरू २-३ अक्टोबरमा विरोध गर्न दिल्ली गएका छन्। सुस्मिता देवले अझ भनिन्, ‘दिल्ली चलो: हाम्रो अधिकारको लागि लडाईको ब्यानरमुनि प्रदर्शनकारीहरूले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना अन्तर्गत १०० दिनको कामको कथित बक्यौता भुक्तानीको लागि आवाज उठाउनेछन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement