सिलगढी: प्लास्टिकको व्यवहार बन्द गर्नको निम्ति एनजेपी बजार इलाकामा आज सचेतनतामूलक प्रचार गरियो । उक्त कार्यक्रम सिलगढी नगरनिगमको ३५ नम्बर वार्ड कमिटीको तर्फबाट गरिएको थियो। यस अवसरमा वार्ड काउन्सिलर शम्पा नन्दी, पूर्व काउन्सिलर जयदीप नन्दी लगायत अन्य उपस्थित थिए।
काउन्सिलर शम्पा नन्दीले भनिन्, सहरका मानिसहरूले प्लास्टिकको प्रयोग नगरोस् भन्ने उद्देश्यले आज एनजेपी बजारमा सचेतनतामूलक प्रचार गर्नको साथै मानिसहरूलाई अपील समेत गरिरहेका छौ। यदि आगामी दिनमा प्लास्टिकको व्यवहार बन्द नगरेको खण्डमा जरिमाना लगाइने तिनले बताइन्।