खरसाङको मन्टिभियट चियाबारीमा १५४औं गाँधी जयन्ती साथै फोहोर मैला प्रबन्धनमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20231002-WA0268.jpg

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीमा भागोप्रमो २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको आयोजनामा राष्ट्रपिता महात्मा गाँधीको १५४औं जन्म जयन्ती र फोहोर मैला प्रबन्धनमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम ग्राम सुधार समिति मन्टिभियटको सचिव सुनिल राईको अध्यक्षता र २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सागर गोलेले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण ट्रेड युनियन खरसाङको उप सभापति किसान लेप्चाले राखेका थिए। कार्यक्रमको शुरूमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीरमा सभाध्यक्ष, प्रमुख अतिथि र अतिथिहरूका बाहुलीबाट धूप द्वीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा चेन्स मेकर एनजीओकी रजनी प्रधान लेप्चाले महात्मा गाँधीक जीवनी विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा मन्टिभियट चियाबारीको प्रबन्धक अनिल राजपुत, खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य भक्तिमान तामाङ आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा पञ्चायत समिति सदस्य भक्तिमान तामाङ र पञ्चायत सदस्या सुधालाई २८ नम्बर खरसाङ देवराली समष्टीको पक्षबाट सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै पाण्डु ग्राम पञ्चायतक मन्टिभियट क्षेत्रबाट भागोप्रमोका प्रार्थीलाई पनि सम्मान जनाइएको छ।

यसै कार्यक्रममा फोहोर मैला प्रबन्धन विषयमा लेट्स गो फाउण्डेशनको पक्षबाट सालाखा थापा र भाष्कर तामाङले सचेतना गराएका थिए। दुवैले यस विषयमा वक्तव्य राख्दै प्लास्टिकको प्रयोग कम गर्नु पर्ने र प्लास्टिकको सामानहरूबाट पुन: प्रयोग गरेर पनि अाय आर्जन गर्न सकिने बताएका छन्। यसै कार्यक्रममा मन्टिभियट क्षेत्रका ३०० भन्दा अधिक मामसिहरूलाई फोहोर मैला प्रबन्धनको लागि डस्टबिन वितरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै सभासद श्याम शेर्पाले आज राष्ट्रपिता महात्मा गाँधीको जन्म जयन्तीसितै पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको पनि जन्म जयन्ती रहेको बताएका छन्।

उनले मन्टिभियट क्षेत्रमा चेन्स मेकर एनजीओले धेरै सामाजिक कार्यहरू गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा उनीहरूले अशिक्षितहरूलाई शिक्षा दिने कार्य गरिने बताएका छन्। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा सदस्य एंव मन्टिभियट शाखाका प्रमुख सल्लाहकार प्रेम बम्जनले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement