कालचिनी। अलिपुरद्वार जिल्ला पुलिसद्वारा प्रत्येक थाना क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न भईरहेको क्रममा आज जयगाउँ थाना अधीनस्थ तथा हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने मधु चियाबारीमा मानव तस्करी र एन्टी ड्रग्स विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भयो।
उक्त अवसरमा एसडीपीओ एलटी भोटिया लगायत जयगाउँ थाना प्रभारी प्रबीर दत्ता, हाँसीमारा आउटपोस्टका प्रभारी शिवाजी सिंह एवम् समाजसेवी मनोज बरुवा आदिको उपस्थिति रहेको थियो। उक्त अवसरमा उपस्थित विद्यार्थी औ अभिभावकहरूलाई मानव तस्करीको जालको भण्डाफोर गर्न एवम् ड्र्ग्सको धन्धामा रोक लगाउन पुलिसलाई साथ दिने निवेदन गरिएको थियो।