गोरुबथान (महेश्वर प्रधान): देशले घोषणा गरेको १५ दिने ‘स्वच्छता ही सेवा’ कार्यक्रम आइतबार समापन भयो।यसै अवसरमा गोरुबथानमा गैरसरकारी संस्था अनुज्ञालय, जिल्ला कानुनी प्रधिकरण सेवा र गोरुबथान फ्युचर भिजनको संयुक्त पहलमा सोमबारे बजारदेखि चितुङ पुलसम्म दुई चक्के वाहनमा रेली गर्दै ठाउँठाउँमा मानिसहरु, दोकानेहरुसित भेट गरेर स्वच्छता विषयमा जानकारी गराए।

सर्वसाधारणको यस स्वच्छता अभियानमा कस्तो अहम भुमिका रहन्छ त? भन्ने विषयमा उनीहरुको राय पनि जान्न चाहे।