सिलगढी: देशभरिमा झैँ यता सिलगढीमा पनि महात्मा गाँधीको जन्म जयन्ती पालन गरियो। यसै क्रममा आज सिलगढी नगरनिगमको तर्फबाट महात्मा गाँधीको १४५औँ जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका कमिश्नर सोनाम वाङ्दी भुटिया, नगरनिगमका अन्य अधिकारी तथा कार्यकर्ताहरूले आज सिलगढीको मुख्य डाक घर अघि महात्मा गाँधीको सालिगमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।