सिलगढी: सिलगढी मेट्रोपोलिटनको भक्ति नगर ट्राफिक गार्ड अन्तर्गत ईस्टर्न बाइपासमा सडक दुर्घटनामा साइकल सवार व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम दीपु राय बताइएको छ। तिनी इस्कन मन्दिर रोड निवासी थिए। प्राप्त जानकारी अनुसार गत अबेर राति ग्यारेजमा काम गरेर दुपी साइकलमा सवार भएर घर फर्किरहेको समय ईस्टर्न बाइपासको डम्पिङ ग्राउन्ड मोड नजिक विपरित दिशाबाट तीव्र गतिमा आइरहेको एउटा वाहनले साइकललाई धक्का दिँदा तिनी भुइँमा लडे। यसपछि वाहन चालकले मानिसहरूको भीडबाट बाँच्नको लागि लगभग २०० मिटरसम्म दीपुलाई घिसारेर लैजाँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ।

चालकले वाहन छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। घटनाको खबर पाएर भक्ति नगर ट्राफिक पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।