सिलगढी महकुमा परिषदको सभाधिपति अरूप घोष र सहकारी सभाधिपति रूमा रेशमी एक्का नियुक्त

17-02-39-fd3ddf55-e4a0-4efb-b6be-523b4346f20b-1024x576.jpg

सिलगढी: मन्त्री अरूप विश्वासले आज सिलगढीको मैनाक टुरिस्ट लजमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकार सम्मेलनमा तिनले सिलगढी महकुमा परिषदको सभाधिपति अरूप घोष र सहकारी सभाधिपति रूमा रेशमी एक्का नियुक्त भएका घोषणा गरेका हुन्। यसैगरी, नलिनी रञ्जन रायलाई पार्टीका नेताको रूपमा चयन गरिएको छ। कार्यक्रममा जिल्ला तृणमूल सभानेत्री पापिया घोष, जिल्ला तृणमूल चेयरम्यान अलोक चक्रवर्ती मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा अरूप विश्वासले भने, यी नयाँ नियुक्त सबै पदाधिकारीहरूले जुलाई महिनाको अन्तमा शपथ ग्रहण गर्नेछन्। केही दिनको अवधिमा पञ्चायत समिति र ग्राम पञ्चायत प्रधानको नाम पनि घोषणा गरिने तिनले बताए । स्मरण रहोस, हालै सम्पन्न भएको चुनाउमा अरूप घोषले नक्सलबारी र रूपमा रेशमी एक्काले विधाननगर महकुमा परिषद आसनबाट चुनाउ जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement