जलढकामा स्वास्थ्य जाँच अनि रक्तदान शिविर सम्पन्न

IMG-20231002-WA0054.jpg

जलढका: जलढका उच्चत्तर माध्यमिक विद्यालय भवनमा जलढका परिवार फाउन्डेसनको आयोजना अनि रोटरी क्लब सिलगढी मेट्रोपोलिटनको सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजन गरियो। फाउन्डेसनकै सभापति दिवकर जलढके, अग्रज सदस्य शोभा ठटाल, जलढका उ. मा. विद्यालयका प्रधान अध्यापक महेश बैठा, स्प्रिङडेल एकाडेमीका निर्देशक कुमार सापकोटा, लिटल एन्जेल इङ्गलिस स्कुलका प्रिन्सिपल राधिका शर्मा लगायत रोटरी क्लब सिलगढीका सभापति राजेश अग्रवाल, सचिव दिपक न्यौपानेको विशेष उपस्थितिमा सो कार्यक्रम आरम्भ गरिएको थियो।
कार्यक्रमलाई सफल पार्न सिलगढीका प्रसिद्ध डाक्टरहरू क्रमैले डा. करण जोशी, एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) जेनरल फिजिसियन, डा. सञ्जना घिमिरे शर्मा, ( बीडीएस) डेन्टल सर्जन, डा. पङ्कज भण्डारी, ईएनटी टाउको-घाँटी सर्जरी, डा. दिपेन्द्र तिम्सिना, एमडी, डर्मिटोलोजी, डा. ईशा बराल, एमएस, इनफर्टिलिटि एन्ड गाइनोकोलोजिस्ट, डा. कृतिमा गुरूङ, एमबीबीएस, आई सर्जन विशेष रूपमा उपस्थित थिए।
दिनभरिमा लगभग ३२५ जना बिरामीको जाँच गरियो भने ५५ युनिट रगत सङ्ग्रह गरिने काम भयो।
फाउन्डेसनको यो महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन ग्राम सुधारक समिति सुन्दर गाउँ झोलुङ, दिव्यज्योति सङ्घ गैरीबास, सहिद दुर्गा मल्ल स्पोर्टिङ क्लबले महत्त्वपूर्ण साथ अनि सहयोग प्रदान गरेका थिए।
रक्तदान गर्न तोदे, परेङ, बिन्दु, रोङ्गो, गैरीबास, झोलुङ आदि स्थानबाट सहृदयीहरू आइपुगेका थिए भने ४६ बाहिनी माल बजारका एसएसबी जवान अनि अफिसरहरू १२ जनाले पनि रक्तदान गरेका थिए।

कार्यक्रम अत्यन्तै सुचारू ढङ्गमा सफल भएकोमा रोटरी क्लब सिलगढीका सचिव दिपक न्यौपानेले जलढका परिवार फाउन्डेसनलाई बधाई दिँदै भविष्यमा पनि संयुक्तरूपमा कार्यक्रम गर्ने योजना रहेको जनाए।
कार्यक्रमको अन्तमा जलढका परिवार फाउन्डेसनको पक्षमा श्रीमती बिर्सिका राई(गैरीबास), सगेन्द्र प्रधान(सिलगडी), सन्दिप राई(सिलगडी), असिम भुजेल(सिलगडी), सन्जय ठटाल(झाेलुङ) आदि सहयोगी सम्पूर्णमा धन्यवाद जनाउँदै स्मृति चिह्न प्रदान गरियो भने सचिव कैलाश सुब्बाले धन्यवाद ज्ञापन गरे।सम्पूर्ण कार्यक्रमको सञ्चालन जय क्याक्टसले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement