सोरेङमा पालन गरियो पूर्वमुख्यमन्त्री भण्डारीको ८३औं जन्म जयन्ती

IMG-20231001-WA0270.jpg

गान्तोक: सोरेङ जिल्लास्थित सोरेङ विद्यालयको खेल मैदानमा स्वार्गीय पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको ८३औं जन्म जयन्ती राज्यस्तरीयरूपमा आजदेखि सोरेङमा शुरू भएको छ। आजको पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका धर्मपत्नी शारदा तामाङ रहेकी थिए भने उनीसँग जिल्ला अध्यक्ष धनमाया तामाङ, विधायक अदित्य गोले लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शारदा तामाङले पूर्व मुख्यमन्त्रीको सम्झना गर्दै यो उत्सव उनको विरासत र सिक्किमका जनताप्रति उनको योगदानको सम्झना गर्दै आयोजना गरेको बताइन्। उनले राज्यका विभिन्न समुदायबीच एकता ल्याउन स्वर्गीय भण्डारीले गरेका संघर्ष र कठिनाइहरू सबैलाई स्मरण गराइन्। उनले आफ्नो व्यक्तिगत र राजनीतिक यात्रालाई प्रकाश पार्दै समाजको सीमान्तकृत समूहलाई सशक्तिकरण गर्ने उनको मुख्य मुख्य उद्देश्य रहेको बारे जानकारी गराइन्। उनले स्वर्गीय भण्डारीले राजनीतिज्ञ, सुधारवादी, भाषाप्रेमी, साहित्यिक व्यक्तित्व आदिका रूपमा निर्वाह गरेका भूमिकाबारे पनि पनि अवगत गराइन्। सिक्किमका जनताप्रति उनको समर्पण र सेवा अतुलनीय रहेको उनले थप जानकारी गराइन्।यो उत्सवले सिक्किमे जनताको हृदयमा विशेष स्थान पाउन सक्ने सम्भावना व्यक्त गरिन्। मुख्य अतिथि तामाङले राज्य विधानसभा र लोकसभामा महिलाहरूको लागि 30% सीट आरक्षणको निम्ति केन्द्र सरकारको ऐतिहासिक निर्णयको प्रशंसा गरिन्। यो महत्वपूर्ण निर्णयले विभिन्न सामाजिक तहका महिलालाई सशक्त बनाउन सकिने उनले मन्तव्य प्रकट गरिन्। वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा राज्यका महिला सशक्तिकरणको निम्ति सरकारद्वारा शुरू गरिएको विभिन्न योजना जस्तै आमा योजना, सुत्केरी आमाहरूका लागि विशेषाधिकार आदि जस्ता विभिन्न योजना र नीतिहरूबारे पनि प्रकाश पारिन्।

उक्त कार्यक्रम अन्तर्गत भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको थिय जसमा पहिलो खेल नाम्ची भलिवस क्लब बनाम राईजिङ बोयजमाझ सम्पन्न भएको थियो, जसमा नाम्ची भलिवल क्लब बिजयी बन्दै अघिलो चरणमा प्रवेश गरेको छ भने यसरी नै दोस्रो खेल रोरिङ लियोपार्ड बनान तार्कु भलिवल एसोसिएशचनबीच सम्पन्न भएको थियो, जहाँ पाकिम रोरिङ लियोपार्ड बिजयी बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement