भानु जयन्ती, ११६औँ साहित्य परिक्रमा प्रकरण एवम सम्मान समारोह सम्पन्न

IMG-20220714-WA0121.jpg

बाग्राकोट: २०८औँ भानु जयन्ती तथा ११६औँ साहित्य परिक्रमा प्रकरण एवम सम्मान समारोह बाग्राकोटमा सम्पन्न भयो। साहित्य परिक्रमाद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार शंकर प्रधानले गरेका थिए भने कार्यक्रममा मुख्य अतिथि वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, माध्यमिक र उच्च माध्यमिक स्कुल टप्पर विद्यार्थी रिहा शर्मा, अदिति छेत्री र अनिषा घतानी मञ्जमा आसिन थिए। कार्यक्रम अध्यक्ष र मुख्य अतिथिको बाहुलीबाट भानुको तस्वीरमा माल्यार्पण गरे पछि अन्य अतिथिहरूबाट पनि भानुको तस्वीरमा माल्यार्पण गरियो। सभाको सञ्चालक कवि विनु राईले गरेका थिए। कार्यक्रममा कविता नम्रता छेत्री, बिनु राई पाठ गरेका थिए। माध्यमिक परीक्षामा स्कुल टप्पर हुने दुईजना विद्यार्थी अनिषा घतानी, अदिति छेत्री र उच्च माध्यमिकमा स्कुल टप्पर हुने विद्यार्थी रिहा शर्मालाई सभाध्यक्ष र मुख्य अतिथीको बाहुलीबाट सम्मान जनाइयो। अतिथि जेवी छेत्रीले सभालाई समबोधन गरेका थि।

बाग्राकोट टीजी पाथमिक पाठशालाबाट स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए। शिक्षक प्रशान्त दियालीले भानु सम्बन्धी वार्ता प्रस्तुत गरेका थिए। शिक्षिका रन्जिता छेत्रीले रामायण पाठ गरे भने स्वागत भाषण शिक्षक कवि भुपेश शर्माले गरेका थिए। लोक गायक गोकुलसिंह थापाले लोक गीत सुनाए। यसरी नै लक्की लेप्चाले सुन्दर नृत्य गरेका थिए। कार्यक्रममा पूर्व शिक्षक गंगाप्रसाद प्रधान, शिक्षक अमित गुरुङ, सीताराम धिताल र कुशुम छेत्री र अन्य साहित्य प्रेमीहरूको जमघट रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement