पहाडको विकल्प भनेको नै हाम्रो पार्टी हो!

Screenshot_20231001_232804_WhatsApp.jpg

सत्ताधारी पार्टीको कारणले गर्दा पहाडको चिया बगानहरू बन्द भएको हो: डी. के. गुरूङ

दार्जीलिङ: पहाडको सत्ताधारी पार्टीको कारणले गर्दा चारवटा चिया बगानहरू बन्द भएको हो यो मनतब्य हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी0के0 गुरूङले पोखेको हो। मिलिङ चिया बगानमा आज हाम्रो युवा शक्ति समुहको जन चेतना यात्राको आयोजना गरेको थियो। आयोजित जन चेतना यात्रामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङ पनि उपस्थित रहेका थिए।आयोजित जन चेतना यात्रालाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङले जीटीए सत्तामा आसिन रहेका पहाडको राजनैतिक पार्टीको कारणले गर्दा दशैको मुखैमा पहाडको चारवटा चिया बगानहरू बन्द भएको हो भन्ने आरोप लगाए।तिनले अधि भने यी चिया बगानहरूको किनबेचको अवधि हामी जोइण्ट फोरमको पक्षबाट सरकारलाई सहभागिता गराउनु पर्छ भन्ने मांग गरेका थियौ किन भने यी चिया बगान हरूको छुटटै समस्या रहेको थियो तर हाम्रो मांगलाई बेवास्ता गरेर जीटीए र पहाडको सत्तादल यी चिया बगानहरू नयाँ मालिकलाई सोम्पिने हुदा आजको स्थिति भएको हो गुरूङले भने।तिनले अझ भने गत २०१६ सम्म पहाडको चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एकै किस्तामा पाउँदै थिए तर २०१७ देखि पहाडको चिया श्रमिकहरूले धेरै बैठकहरूपछि २० प्रतिशत पूजा बोनस पाएता पनि दुई किस्ता पाउँदै आई रहेको छ तर यस चोटी पूजा बोनसको विषयमाथि दुईवटा बैठकहरू भई सकेको छ तर पनि पूजा बोनसको छिनो फानो हुने छाँट देखा परेको छैन अध्यक्ष गुरूङले भने।तिनले अझ भने पहाडको स्थिति सोचनीय बन्दै जान्दैछ, चिया श्रमिकहरूको अवस्था अझ खराब बन्दै जान्दैछ पहाड र चिया श्रमिकहरूको स्थितिलाई केवल हाम्रो पार्टीले मात्र समाधान गर्न सक्छ किन भने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एक इमान्दार नेता हुन।अध्यक्ष गुरूङले अधि भने जब जब चिया श्रमिकहरूलाई समस्या आई पर्छ तब तब हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स श्रमिकहरूको पक्षमा खडा भएको हुन्छ तिनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement