असहाय आमाले आफ्नो नवजात शिशु दान यसकारणले गरिन्  

00-1-Rajya-Samachar

हुगली: सुङ्धाको इँटाभट्टामा मजदुरी गर्दै आएकी एक असहाय आमाले आफ्नो सन्तानलाई पाल्न नसकेपछि सन्तानविहीन दम्पतीलाई दान दिएकी छन्। यस कार्यमा कुनै आर्थिक लेनदेन छैन। यो घटना थाहा पाएपछि मानिसहरुले विभिन्न अनुमान लगाउन थालेका छन्। आमाले १०० रुपियाँको स्ट्याम्प पेपरमा हस्ताक्षर गरेपछि प्रक्रिया पूरा भएको बताइएको छ। यो घटना चुंचुरा पुलिस स्टेशन अन्तर्गत च्याटर्जी बगान क्षेत्रमा भएको हो। समाचारअनुसार महिलाका श्रीमान लामो समयदेखि बेपत्ता छन्। उनको कुनै पत्ता लाग्न सकेको छैन। यसैबीच, गएको २२ सेप्टेम्बरमा सुत्केरीको पीडाका कारण चुँचुडा इमामबारा जिल्ला अस्पतालमा भर्ना भएकी महिलाले छोरालाई जन्म दिइन्। त्यसपछि गत २७ सेप्टेम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उनले चुचुरा मण्डलपाडाका निःसन्तान दम्पती यादव मण्डल र बुलु मण्डललाई शिशु दान गरेकी थिइन्। यद्यपि, दम्पतीले अदालतको कागजलाई उद्धृत गर्दै यसलाई सही ठहराए। घटनाको जानकारी पाएलगत्तै कोडलिया नम्बर २ ग्राम पंचायतका उपप्रमुख देवाशिष चक्रवर्तीले दान लिने दम्पतीलाई सरकारी नियमअनुसार सन्तान धर्मपुत्र लिन आग्रह गरेका छन्। यसपछि उनलाई एसडीओलाई भेट्न भनियो। अर्कोतर्फ, असहाय आमाको बारेमा कुनै खबर छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement