एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण

17-best-places-to-visit-in-nepal-before-you-die-20170605040457.jpg

काठमाडौं: एक महिना (सेप्टेम्बर–२०२३)मा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपालमा पर्यटकीय सिजन सुरु हुनु अगाडि अथार्त पोस्ट मनसुन सिजनमा आएको यो संख्या उत्साहजनक मानिन्छ।नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन्। यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए। सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो। सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए। भारतीय पहिलो, चिनियाँ पर्यटक दोस्रो स्थानमा एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ। चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका छन्। अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन्। ९ महिनामा झण्डै ७ लाख पर्यटक नेपालमा बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन्। जनवरी देखि सेप्टर २०२३ को बीचमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका छन्। सरकारले यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य बजेटमार्फत लिएको छ। यो पुरा गर्न जारी पर्यटकीय सिजनमा अधिक संख्यामा पर्यटक भित्रनु पर्छ। सन् २०१९ मा आएको पर्यटक संख्या तुलना गर्दा सन् २०२३ मा ९८.२८ प्रतिशत पर्यटन आगमन देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *