सोरेङमा १५४औं गान्धी जयन्ती पालन

IMG-20231001-WA0266.jpg

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत थोङलिङ प्राथमिक पाठशाला र धर्म सुदर्शन क्लब (डीएससी) को संयुक्त तत्वावधानमा आयोजना समष्टि स्तरीय १५४औँ गान्धी जयन्ती समारोहको सेमिफाइनल कार्यक्रममा समग्र शिक्षा विभागका निर्देशक मिलन सुब्बा प्रमुख अतिथिका रुम उपस्थिति थिए। १५४औँ गान्धी जयन्ती आयोजक समितिद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथि साथै सम्मानित अतिथिहरुलाई सम्मान स्वरूप फुलको गुच्छासँगै स्मृति चिन्ह पनि प्रदान गरियो। यसै क्रममा समाजसेवी एवं सीएलसी सचिव सन्तोष छेत्रीले समाजप्रति गरेको योगदानलाई सम्मान गर्दै सम्मान जनाइयो भने सोही प्रकारले थोङलिङ निवासी अर्जुन राईलाई पनि १५४औँ गान्धी जयन्ती समारोह समितिद्वारा आजको प्रमुख अतिथिको बाहुलीबाट अभिनन्दन जनायो। दरामदिन उच्च माध्यमिक विद्यालय अनि माध्यमिक विद्यालयहरुलाई लिएर नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो उक्त प्रतियोगितामा कूल ९ वटा विद्यालयहरूले सहभागिता जनाएको थियो। यस प्रतियोगितामा सोम्बारिया स्कूल प्रथम, टिम्बरबोङ स्कूल दोस्रो दरामदिन कृपासल्यान स्कूलले तेस्रो स्थान हासिल गरेकोछ। प्राथमिक पाठशाला “हाजिरी जवाफ” प्रतियोगिता मोठ १० वटा पाठशालले सहभागिता जनाएका थियो, जसमा प्रथम ग्रीन भेल्ली एकेडमी, दोस्रो स्थानमा कर्थोक प्राथमिक विद्यालय अनि तेस्रो स्थानमा थोङलिङ प्राथमिक विद्यालय भएको छ। हाजिरी जवाफ र नृत्य प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो हुने स्कुलहरुलाई सोमबार प्रमुख अतिथिको बाहुलीबाट धनराशिसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी गराएको छ। आज सम्पन्न भएको दुईवटा सेमिफाइनलमा थोङलिङ लिम्बू बोयजले प्रतिद्वन्दीलाई परास्त गर्दै फाइनलमा प्रवेश गरेको छ। सोमबार हुने फाइनल खेल थोङलिङ लिम्बू बोयज बनाम खालिङ बोयजमाझ भीडन्त हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement