गान्तोक: इन्डियान माउन्टनेयरिङ फाउण्डेसनका ब्रिगेडियर के. कुमारको नेतृत्वमा चार सदस्यीय टोलीले आज नाम्चीस्थित चेम्चेको आईएचसीएईको निरीक्षण गर्दै राष्ट्रिय स्तरमा संस्थानलाई मान्यता दिने प्रक्रियाको लागि संस्थानको प्रमाणीकरण र निरीक्षणको लागि योग्य छ की छैन् भन्ने उद्देश्यले भ्रमण गरे। आईएचसीएईको मान्यता र विभिन्न एजेन्डाहरु सम्बन्धी आज राजधानीस्थित एक होटलमा पर्यटन मन्त्री बीएस पन्तको अध्यक्षतामा सभा सम्पन्न भयो। सो सभामा मन्त्री बी. एस. पन्त लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भ्रमण टोलीले परिचय र कार्यसूची प्रस्तुत गरेपछि सभा शुरू भएको थियो। सो सभा आईएचसीएईका संयुक्त निर्देशक काजी शेर्पाले भ्रमण टोलीले संस्थानबारे गहिरो चासो देखाएको र चेम्चेमा भारतीय पर्वतारोहण प्रतिष्ठानबाट मान्यता प्राप्त गर्न सम्पूर्ण क्षमता रहेको प्रतिक्रिया सहित सकारात्मक प्रतिक्रिया दिएको बताए।

टोलीले संस्थानको भ्रमण गरी सबै उपकरण, पूर्वाधार र जनशक्तिको आंकडा संकलन गर्नको साथै भोलि २ अक्टोबरदेखि प्रशिक्षण क्षेत्रको भ्रमण गर्ने भएको छ। टोलीले अक्टोबर आगामी ८ अक्टोबरसम्म भ्रमण गरेपछि सिक्किमबाट प्रस्थान गर्नेछ। भारतीय हिमालयन सेन्टर फर एडभेन्चर एण्ड इको टुरिज्म – चेम्चेको राष्ट्रिय स्तरमा प्रमाणीकरण र मान्यताको अन्तिम चरणको लागि १५ अक्टोबरसम्ममा प्रतिवेदन भारतीय पर्वतारोहण प्रतिष्ठानलाई बुझाउनु पर्ने भएको छ।