पाकिममा स्वच्छ ही सेवा अभियान

IMG-20231001-WA0262.jpg

गान्तोक: पाकिम जिल्लाको अतिरिक्त जिल्लापाल कार्यालय र खण्ड प्रशासनिक केन्ग्रको संयुक्त पहलमा आज स्वच्छ ही सेवा अभियान अन्तर्गत एक तारिक एक घण्टा एक साथ कार्यक्रम अन्तर्गत पाकिम बजारमा सर सफाई कार्यक्रम आयोजना गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवाले सबै अधिकारीहरूलाई स्वच्छताको निम्ति शपथग्रहण गराए। उल्लेखनीय छ, गत १५ सेप्टेम्बरदेखि राष्ट्रव्यापीरूपमा स्वच्छ कार्यक्रम शुरू गरिएको हो भने भोलि २ अक्टोबरको दिन यस अभियानको समापन हुने भएको छ। यस अभियान प्रधानमन्त्री नरेन्द्र मोदीको आकर्षक पहलमा शुरू भएको हो भने यसले नागरिकको नेतृत्वमा कार्य र सामूहिक प्रयासको शक्तिको महत्त्वलाई जोड दिने गरेको बताइएको छ।

यस अभियानको मूल सन्देश, ‘एक तारेक एक घण्टा एक साथ’ ले व्यक्तिहरूलाई आफ्नो समुदायको उन्नतिको लागि श्रमदानमा आफ्नो समयको एक घण्टा समर्पित गर्न प्रोत्साहित गर्दछ। यसले स्वच्छ र स्वस्थ भारतको निर्माणको लागि एकता र सामूहिक जिम्मेवारीको भावनालाई मूर्त रूप दिनसक्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement