गृहिणीलाई हत्या गरेको आरोप

735454-murder-ruff.jpg

सिलगढी: एकजना गृहिणीलाई काठको बटमले हिर्काएर हत्या गरेको आरोप तिनको ससुरालीका सदस्यहरू विरुद्ध उठेको छ। हिज राति उक्त घटनालाई लिएर नक्सलबारीको रथखोलामा उत्तेजनाको माहौल देखापऱ्यो। मृतक महिला सुनिता दास पालको रूपमा चिन्हित गरिएको छ। घटनापछि आक्रोशित मानिसहरूले मृतकको ससुरालीको घर तोडफोड गरे। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै मृतक महिलाको ससुरा कानु पाल लगायत परिवारका ४ जना सदस्यलाई पक्रेर थानामां लगे। आज मृतदेह पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement