खरसाङ: नमस्ते खरसाङको आयोजनामा १५ वर्षमुनिका नानीहरूलाई लिएर लिएर नृत्य प्रतियोगिता आयोजना गरिएको छ। खरसाङको एक निजी स्कूलमा सम्पन्न यस नृत्य प्रतियोगितामा कालेबुङ, सिलगढी, सौरेनी, दार्जिलिङ, खरसाङ लगायत वरिपरिका १५ वर्षमुनिका नानीहरूले लिएका थिए। यस नृत्य प्रतियोगिताको पहिलो दिन ३० सेप्टेम्बरमा जम्मा ३१ जना नानीहरूले भाग लिएका थिए अनि पहिलो दिनको अडिशनमा जम्मा २१ जना नानीहरू चयन भएका थिए। यस प्रतियोगिताको दोस्रो दिन आज २१ जना नानीहरूले आफ्नो प्रस्तुति दिएपछि आज जम्मा १५ चयन भएका छन्। अब आज चयन भएका १५ जनाले आगामी ७ अक्टोबरको दिन प्रस्तुति दिएर १० जना चयन गरिने अनि आगामी ८ अक्टोबरको दिन बिहान १० जनाले प्रस्तुति दिएर त्यही दिन ५ जना चयन गरेर फाइनल सम्पन्न हुने भएको छ। यस नृत्य प्रतियोगितामा निर्णायकको रूपमा जमुना शर्मा, राजीव थापा र सिल्भेष्टर लेप्चा रहेका छन्। त्यसरी नै ग्राण्ड मास्टरको रूपमा नृत्य गुरु अशोक थापा उपस्थित रहेका छन्। त्यसरी नै प्रतियोगिताको पहिलो दिन नृत्य प्रशिक्षिका अरूणा छेत्री सुन्दास अतिथिको रूपमा उपस्थित थिइन् भने आजको दोस्रो दिन नृत्य प्रशिक्षक ध्रुव रसाईली अतिथिको रूपमा उपस्थित रहेका थिए। यस नृत्य प्रतियोगितालाई दिव्यत्तम अधिकारी र सबिना गिरीले सञ्चालन गरेका थिए।

यस नृत्य प्रतियोगिता विषयमा नमस्ते खरसाङ च्यानलको निर्देशक निर्मल गुरुङले पत्रकारहरूसित कुराकानी नानीहरूलाई प्रोत्साहन गर्न र मञ्च प्रदान गर्नलाई १५ वर्ष मुनिका नानीहरूलाई लिएर नृत्य प्रतियोगिता आयोजना गरिएको र यसको फाइनल आगामी ८ अक्टोबरको दिन बताएका छन्। उनले नृत्य प्रतियोगितापछि गायन प्रतियोगिता पमि सबै उमेरकाहरूलाई लिएर अायोजना गरिने बताएका छन्।