खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको एउटा सड़क पर्यटन व्यवसायी तितस लेप्चाको स्मृतिमा राखिएको छ। सिटोङ एक ग्राम पञ्चायतको मुख्य सडकमा अवस्थित लोवर सिटोङ गुरुङ गाँऊ नजिक लक्ष्मी गोलाईदेखि डायरी गाँऊसम्म रहेको रोडको नामकरण तितस लेप्चा रोड नामकरण गरिएको छ।

अरुणिमा सांगीतिक एकाईको आयोजनामा एक कार्यक्रमबीच सिटोङ एक ग्राम पञ्चायत प्रधान, उप-प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य लगायत गाउँलेहरु, परिवारहरुको उपस्थितिमा उक्त रोडको नामकरण गरिएको छ। यस रोडको नामकरणमा भागोप्रमो सिटोङ-लाटपञ्जार समष्टि महासचिव रतन गुरुङको बाहुलीबाट व्यवसायी, समाज सेवी साथै अरुणिमा सांगीतिक एकाईका सदस्य रहेका स्वर्गीय तितस लेप्चाको संस्मरण साथै सामाजिक सम्मानका निमित्त तितसलेप्चा पथको नामकरण गरिएको घोषणा गरिएको छ।

यस कार्यक्रमलाई सञ्चालन रामकुमार छेत्रीले गरेका थिए भने परिवारको पक्षमा युनस लेप्चाले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनी जानकारी प्राप्त भएको छ।