राजधानीमा पहिलोपटक राष्ट्रिय हिन्दु संगठनले मनायो स्थापना दिवस

n54309752616961749822521fc42d34c8f49bd1d9eafc9e9d35f126523184ecb87913a8a1c0212e1636b9fe.jpg

गान्तोक: राष्ट्रिय हिन्दु संगठनले शनिवारको दिन राजधानी गान्तोकमा आफ्नो ११औं स्थापना दिवस मनायो। संगठनले राज्यमा प्रथमपटक आफ्नो स्थापना दिवस पालन गरेको बताइएको छ।

आफ्नो ११औं स्थापना दिवस मनाउने क्रममा संगठनले ठाकुरबारीदेखि तिब्बत पथ, लालबजार हुँदै पुनः ठाकुरबारीसम्म एउटा शोभा यात्रा आयोजना गरेको थियो।

राजधानीको ठाकुरबारीमा आयोजना गरेको स्थापना दिवसमा रानीपुल निवासी सामाजिक कार्यकर्ता राधाकुमारी पाण्डे मुख्यअतिथि अनि केन्द्रिय विद्यालय स्यारी, गान्तोकका शिक्षक सन्तोषकुमार झा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा विजयकुमार, राज्य सह प्रभारी सुधीरकुमार, गान्तोक जिल्ला अध्यक्ष रितेश श्रीवास्तवले संगठन सम्वन्धि विस्तृत जानकारी गराए भने राज्य महासचिव विरेन्द्रप्रसाद, राज्य संगठन मन्त्री महातम ठाकुर, वार्ड महामन्त्री राजकुमार मित्तलले सनातन हिन्दु एकता अनि सनातन धर्म बारे आफ्नो वक्तव्य राखेका थिए। यसरी नै संगठनका महिला सदस्यहरुले धार्मिक भजनहरु प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement